परिवर्तनको मझधारमा रहेको नेपाली समाजको जिउँदो तस्बिर हो , बदलिँदो नेपाली समाज । यस पुस्तकमा राज्यसत्ता, समाज , परिवार र व्यक्तिबीचका सम्बन्ध , संघर्स र परिवर्तनलाई अभिलेखन गरिएको छ । पुस्तकमा बदलिँदो नेपाली समाजबारे मार्क्सवादी कोणबाट मसिनो अध्यन र गहिरो ढंगले विशलेषण गरिएको छ । साथै नेपाली समाजशास्त्रको निर्माणलाई विस्तार गर्न खोजिएको छ ।