रेमिटल्याण्ड उपन्यास नेपाली समाजको आर्थिक-सामाजिक बदलावले उत्पन्न गरेको जीवन र मनोदशाको शब्दचित्रण हो। आजको पुँजीवादी दुनियाँको असर वापत हाम्रो गुजारामुखी खेतीले आवश्यकता पूर्ति हुन नसकेर रोजगारीको लागि देश-दुनियाँ चाहार्ने पुस्ता र उनीहरूको कार्यव्यापारको कारण भत्कँदै गरेको हिजोको समाज र पुनर्गठन हुँदै गरेको आजको समाजका गतिविधिहरूको सुमुच्चय नै यो उपन्यासको मूल कथन हो।