कर्कलो र निगुरो सिस्नाहरुका मुन्टा दुःखीले खानु सुत्नु आनन्दीका गुण्टा महाजन्का सम्पत्तिले चित्त पोल्दै ल्याउँछ मन्मा सन्तोष् नहुनाले गुण्टा बिझाउँछ । धर्म सम्झी विचार गरी इन्साफ् गरेन पैसा भए बरेहालाई दण्ड परेन । त्राही त्राही पर्यो प्रभू झुट्टा कर्मैले सारा लोकमा छाड्यो प्रभू साँच्चा धर्मैले । बेला बखत् भने सब्को अयो होला बित्तै सम्पत्ति ता याँहि बस्छ जानु पर्छ रित्तै सबै चिज पग्लने हो सबै याहीँ बिल्छ ठूला भाग्य सत् सङ्गत्ले आनन्दि पद् मिल्छ । चटक् जस्ता सन्सारमा स्वप्ना जस्ता खेल्छ प्राणीहरुका हृदयमा तृष्णाको झेल् छ । – योगवाणी