कार्तिकेय बाल साहित्य लेखनमा विगत दुई दशकदेखि समर्पित हुनुहुन्छ । उहाँका नेपाली, अङ्ग्रेजी र मराठी भाषामा गरी ६२ वटा बाल साहित्य कृतिहरू प्रकाशित छन् । उहाँले उत्कृष्ट बाल साहित्य लेखन र बाल पत्रकारिताको क्षेत्रमा विशेष योगदानका लागि विशिष्ट पुरस्कार र सम्मानहरू प्राप्त गर्नुभएको छ । बाल साहित्य प्रतिष्ठान भ नेपालका अध्यक्ष कार्तिकेय 'कार्तिकेय ट्रस्ट' का संस्थापक हुनुहुन्छ । उक्त ट्रस्टले बाल बालिकाको पठन संस्कृतिको विकासका लागि विगत डेढ दशकदेखि महत्त्वपूर्ण कार्य गर्दै आएको छ । ट्रस्टबाट सयभन्दा बढी बाल बालिकाहरू पुरस्कृत र प्रशिक्षित भइसक्नुभएको छ ।