पञ्चतन्त्रका प्रसिद्ध कथाहरूमा समावेश गरिएका कथाहरू रोचक, ज्ञानमूलक र नैतिक सन्देशमूलक कथाहरू हुन् । यस कथाहरूले बालबालिकाहरूलाई सही मार्गनिर्देश गर्न मद्दत गर्दछन् । यसमा राखिएका कथाहरू बालबालिकाहरू आफैले पढ्न, आशय बुझ्न र सुनाउन सक्नेछन् ।
यी कथाहरूबाट बालबालिकाहरूलाई निम्न नैतिक ज्ञान दिलाउन सकिन्छ : लोभले गर्दा आफूसँग भएको पनि गुम्न सक्छ ।
• अलले भन्दा बुद्धिले काम लिनुपर्छ ।
बुद्धि पुऱ्याएमा अप्ठेरो काम पनि सजिलै गर्न सकिन्छ ।
विचार नपुऱ्याई नक्कल गर्दा दुःख पाइन्छ ।
हरेक काम समयमै गर्नुपर्छ । समयमा काम नगर्दा दुःख पाइन्छ ।