हिमाली समुदायमा हुर्किने एक नारी पात्रको भोगाईलाई कलात्मक रुपमा उतारिएको विषयबस्तु नै हिमालकी छोरी उपन्यासको मुख्य विषयबस्तु हो । उपन्यासकी पात्र “छेची”को कथा नै हिमालका छोरीहरुको वास्तविक कथा हो भन्ने बलियो आधार सहित लेखिकाले आफ्ने लेखन सिपमा उतारेकी छन् । यो उपन्यास नेपालका महिला एवं पश्चिममा महिलाबीचको फरक तथा समानताको तुलनात्मक अध्ययन हो । उपन्यासकी पात्र छची हिमालको काखमा गरिबीको खाल्डोमा डुबेर हज्जारौ पटक उत्रिन खोज्छे । सोलुखुम्बु जिल्ला पर्यटकको हवमा जन्मिएकी छेची पर्यटकको पथप्रर्दशको रुपमा आफ्ना गन्तव्य अघि बढाउछे । त्यही क्रममा विदेशी पर्यटकसँग “छेची”को हिमचिम बढ्छ । “छेची”को रुप र वैशमा मोहित भएको विदेशीले प्रेमभाव दर्शाएर विबाह बन्धनको बाचा गर्छ । नभन्दै गरिबीको बादल फाट्ने आशमा छेचीले स्वीस नागरिकसँग लगनगाँठो कसेर उतै लाग्छे । यीनै सेरोफेरोमा संघर्ष, सुख, रोमान्सको समिश्रण सहित उपन्यासको रुपमा हिमालकी छोरी प्रस्तुत गरिएको छ । वास्तबमै यो शेर्पा समुदायको पहिलो उत्कृष्ट साहित्य हो । यो उपन्यास एउटी महिलाले आमा तथा छोरी भएर जीवन बिताउन कति कठिन छ भन्ने कुरामा केन्द्रित छ । फरक धर्म, भाषा, संस्कृति, परम्परा एवं रहनसहन भएको ठाउँमा जिउन कति गार्हो हुन्छ त्यसको स्पष्ट चित्र पनि यसमा छ । लाक्पा फुटी ट्रस्टले बजारमा ल्याएको यो उपन्यासको मूल्य ५ सय १५ रुपैयाँ राखिएको छ ।