पितृसत्ताको कहालीलाग्दो भिरमा फुलेका रङरङका फूलहरूको मौन विद्रोह हो- एक मान्ठ एक देउता । तिनै भिरफूल — जो अज्ञात छन् । तिनै गुमनाम सती जननी - जसको अस्तित्व समाजले स्वीकार्दैन । सदियौंदेखि जरा गाडेर बसेका सामाजिक कुरीति, कुप्रथाका विरुद्ध उभिएको मातृशक्तिको कलिलो बिरुवा हो– एक मान्ठ एक देउता ।