यो सत्य घटनामा आधारित उपन्यास हो । पात्रका समग्र हुलिया भने परिवर्तन गरिएको छ । कसैसँग दुरुस्त मिल्न गए संयोग मात्र हुनेछ ।
साहित्य, पत्रकारिता र भाषामा खारिएको नाम हो अखण्ड भण्डारी । उनी लेखन कला र सिर्जनशीलतामा प्रयोग रुचाउँछन् । 'बोरा' उनको दोस्रो उपन्यास हो अघिल्लो उपन्यासः मलाया एक्सप्रेस' बाट उनी साहित्य क्षेत्रमा स्थापित भए । उनको पुस्तक समाचारको भाषा पत्रकारिता क्षेत्रमा लोकप्रिय छ । उनी अन्नपूर्ण पोस्ट दैनिकमा प्रधान सम्पादक छन् ।