अमेरिका दर्शन उपन्यास पढे जस्तै पढ्न मजा आउने पठनीय नियात्रीपन्यास हो । बालसुलभ सरल भाषा संवादमूलक शैली र भ्रमण गरिएका स्थानहरूको बारेमा रोचक जानकारी पनि सलग्न गरिएको यो किताब कक्षा ५.६,७८ मा अध्ययनरत जिज्ञासु उमेरका बालबालिकाका लागि अत्यना उपयोगी छ ।
प्रा.डा. अच्युतमणि आचार्य
सुशीला दिदी पक्का नियात्राकार हुनुहुन्छ। उहाँ आफूले गरेको यात्राको कथा लेख्नुहुन्छ तर हामीलाई लाग्छ, हामी पनि उहाँ सँगसँगै घुमिरहेका छौं ।
यसअधि दिदीले हामीलाई सम्पदा दर्शन कृति लेखेर नेपालका विश्वसम्पदा क्षेत्रहरूको भ्रमण गराउनुभएको थियो। तर यस पटक चाहि दिदीले भाइबहिनीलाई अमेरिका घुमाउन लैजाने हुनुभएको छ ।
प्रतीक ढकाल
सुशीला देउजा बालनियात्रा लेखनमा स्थापित नाम हो । सम्पदा दर्शन भाग एक र दुई पछि बजारमा आएको यो अमेरिका दर्शन अमेरिका भ्रमणबारे लेखिएको फरक शैलीको किताब हो । बालसुलभ शैलीले गर्दा नै यो कृति पठनीय बन्नपुगेको छ । लेखकलाई धेरै बधाई छ ।
डा. शैलेन्दुप्रकाश नेपाल
सुशीला देउजा वरिष्ठ लेखक हुनुहुन्छ । उहाँका आठवटा बालसाहित्य कृति र अन्य कथा र लघुकथा गरी १४ वटा कृति प्रकाशित छन् । उहाँको बाघ र बाबा कृति चार भाषामा प्रकाशित नेपाली बालसाहित्यको पहिलो चित्रकथा कृति हो । यस कृतिका लागि उहाँले दुर्गादेवी उत्कृष्ट बालसाहित्य लेखक पुरस्कार, २०७४ प्राप्त गर्नुभएको छ। चारूमतीको रहस्य (बालचित्रकथा) उहाँको २०७७ मा प्रकाशित कृति हो। सम्पदा दर्शन (बालनियात्रा सङ्ग्रह, भाग १ र २) उहाँको चर्चित कृति हो ।
यात्रा साहित्य, कथा र लघुकथा विधामा पनि कलम चलाउनुहुने लेखक देउजाका केही पाइला केही अनुभूति (नियात्रा), चारू (कथासङ्ग्रह) र पेटको आगो (लघुकथासङ्ग्रह) प्रकाशित छन् ।