यस उपन्यासको यात्रा-सिलसिला केही एब्स्ट्याक्ट रुपमा अघि बढेको छ । ठाउँहरूको कुनै खास नाउँ छैन । पाठकहरूले यो समतल, यो पहाड, यो शहर, यो गाउँ भनी बुझिदिनुभए पुग्छ । अन्तमा, उपन्यासका केही स्थितिहरू अस्वाभाविक जस्ता लाग्लान् र ती अस्वाभाविक स्थितिहरू (यदि ठहरिएदेखि)-को जोखिम म उठाउन तयार छु । यो जोखिम उठाउनाको केही खास कारणहरू छन् ।