ठाटसित काठको कथा लेख्छन्, नारायण ढकाल। कतै राजनीतिक रंगमा, कतै सामाजिक जीवनका छन्दमा। समाज, संस्कृति, जीवन-शैली र आफू बाँचेको समयको राजनीतिक रेखा अझै गाढा हुन्छन्, उनका कथामा। उनको शाही सत्ता, पंचायतदेखि लोकत्तान्त्रिक नेपालको कालखण्डसम्म उज्यालोको खोजीमा रहेका किनारीकृत पात्र मनोदशालाई १३ वटा कथामा उनेका छन्, यस संग्रहमा। तमस पढेपछि आफू र आफ्नै अगाडिका विपत्तिका कथाहरु थाहा हुन्छ।