पुस्तकमा विचार के हो, यसको स्वभाव कस्तो हुन्छ, यसलाई कसरी विकसित र धारिलो बनाउन सकिन्छ भनेर विश्लेषण गरिएको छ । उत्कृष्ट जीवन निर्माणका लागि विचारको भूमिका, विचारको अनन्त सम्भावना तथा जीवनमा विचार कार्यान्वय गर्ने सम्बन्धमा रूचि राख्नेहरूका लागि यो पुस्तक निकै उपयोगी हुन सक्छ ।
पुस्तकले स्मरण शक्ति बढाउने तरिका पनि सिकाउँछ । यी तरिकालाई व्यवहारमा लागू गर्ने हो भने जीवनमा सकारात्मक परिवर्तन आउनेछ । उन्नतितर्फ बढ्ने मार्ग सजिलो बन्नेछ ।
यद्यपि एकै दिनमा पढेर सबै तरिकाहरू जान्न र तिनलाई व्यवहारमा उपयोग गर्न खोज्नु बुद्धिमानी हुनेछैन । पहिला एकपटक पूरै पुस्तक पढिसक्नुहोस्, मनोरञ्जन पनि हुन्छ । पछि आफूलाई प्रभावकारी र बढी उपयोगी लागेको अध्याय पुनः पढ्नुहोस् र यथोचित रूपले व्यवहारमा उपयोग गर्नुहोस् ।