ारिजात आफ्नो युगकी शक्तिशाली र चर्चित साहित्यकार हुन् ।
जीवनको निस्सार स्वत्वलाई पहिलो उपन्यास 'शिरीषको फूल' मार्फत उतारेकी उनले 'अनिदो पहाडसँगै', 'पर्खाल भित्र र बाहिर', 'बोनी' लगायत मानक प्रगतिशील साहित्य लेखेकी छन् ।
विद्रोही साँस्कृतिक समूह 'राल्फा'को नेतृत्व गरी परिवर्तनकामी अभियान चलाएकी उनले 'बन्दी सहायता नियोग' मार्फत सामाजिक अभियानको जिम्मेवारी निभाइन् भने अन्ततः मार्क्सवादलाई राजनीतिक आदर्श बनाइन् ।
जसरी जीवनका बहुविध आयाममा उनी बाँचिन् त्यसको प्रतिबिम्बन् उनको लेखनमा झल्किएको पाइन्छ । यी संग्रहित कृतिहरू उनका तिनै लेखकीय आयामका द्योतक हुन् ।