वरिष्ठ मानसिक चिकित्सक डा. विश्वबन्धु शर्माले चार दशक लामो आफ्नो सेवाकालमा अनुभूत गर्नुभएका अविस्मरणीय घटनाहरूको सँगालो हो– 'मान्छेको मन ।'
विचलित भएका मानिसहरूलाई सही अवस्थामा ल्याउने क्रममा आफूले प्राप्त गरेका सफलता मात्र होइन, असफलताहरूलाई पनि डा शर्माले कत्ति नधकाई प्रस्तुत गर्नुभएको छ । उहाँका सहकर्मी चिकित्सकहरूका कतिपय सन्दर्भले तपाईंलाई चकित नै बनाउनेछ ।
पढ्दै गर्दा तपाईंले समाजको चित्र पाउनुहुनेछ । कतै तपाईं हाँसेर हुरुक्क हुनुहुनेछ, कतै भावुक बन्नुहुनेछ । भाषा यति रसिलो र खँदिलो छ कि ठाउँठाउँमै तपाईंले ‘वाह !’ भन्नुहुनेछ ।