इन्दु पन्त लेखक र चित्रकार हुनुहुन्छ । उहाँका एक दर्जन बालसाहित्य कृतिहरू लगायत संसृष्टि (कविता २०५५), स्वीकृति (उपन्यास २०६१), यातना (महाकाव्य २०६६), यन्त्रमानव (उपन्यास २०७०), शब्द सरिता (कविता- २०७३), उल्लास (काव्योपन्यास- २०७५) र Genius Creation (Translated Novel of Yantra Manav) प्रकाशित छन् ।
देशविदेशमा चित्रकला प्रदर्शनीहरूको आयोजना गरिसक्नुभएकी कलाकार पन्तसँग लामो समय कला शिक्षकका रूपमा काम गर्नुभएको अनुभव छ । तीन दशक बढी समय बालबालिकासँगै काम गरेर उनीहरूको रूचिबारे जानकार सर्जक पन्तले सरल शैलीमा नयाँनौला वैज्ञानिक चेतनाका साहित्य रचना गर्दै आउनुभएको छ। प्रस्तुत कृतिले रमाइलो कथाका माध्यमले पुतली र बोटबिरुवाको जीवनचक्रबारे जानकारी दिएको छ ।