जुनू एक बुद्धिमान् बालिका हुन् । उनी धेरै कुरा सिक्न चाहन्छिन् । उनी साहसिक काम गर्न मनपराउँछिन् तर जनावरहरूदेखि भने डराउँछिन् । एकचोटि एउटा घटना घट्यो जसले उसलाई साहसी केटीको रूपमा परिणत गर्यो । यो कसरी भयो भन्ने जान्न कथा पढ्नुहोस् ।