मान्छेको नङ्ग्राले आकाश चिथोर्दै छ
यो पृथ्वीको कोकुनमित्र मान्छे सायद पुतली भैसक्यो
झुसिलकिरा हुँदा उसले निलिसकेको छ धर्तीका जम्मै हरिया पातहरू
आकाश च्यातेर अब कहाँ जाने ?
ब्रह्माण्डको कुन तारामा भेट्छ होला उसले फूलबारी ?