आफ्नो जरा र माटो गुमाएकाहरूको कथा हो हन्बेर्नो । नसा नसामा राष्ट्रियता भए पनि उनीहरूसँग राष्ट्र रहेन । आफ्नै देशभित्र अनागरिक बन्नुपन्यो । जुन माटोमा रगतपसिना बगाए त्यहीँबाट लखेटिनुपयो । खोलाले 'बगर मेरो हो भन्न नपाएजस्तो । फूलबाट बास्ना खोसिएजस्तो ।
जहाँ गए पनि उनीहरू हन्बेर्नो हुन विवश छन्- मालिकबाट, मुलुकबाट । न नेपाल भनेर गर्वको छाती फुलाउन सके न भुटान मेरो देश हो भनेर फर्कन पाए ।
यो उपन्यास आँसु र दुःखको कथामात्र होइन, जीवनको भागदौडमा रूमल्लिएका शरणार्थीहरूको सङ्घर्षपूर्ण औपन्यासिक दस्तावेज पनि हो ।