यस पुस्तकमा कपिलवस्तुका राजखलक शाक्यहरूको कसरी पतन भयो र शाक्यहरू त्यहाँबाट कसरी विस्थापित भए भन्ने कुरा बौद्ध साहित्यमा पाइने दस्तावेजहरूका आधारमा रोचक शृङ्खलाबद्ध कथा बुनिएको छ I यो गौतम बुद्धका आफन्तजनको कथा हो I उनको शाक्य वंशको कथा हो I यस उपन्यासका लेखक भिक्टर प्रधान हुन ।