आध्यात्मिक साधक एवम् चिकित्सक खप्तडबाबाद्वारा जडिबुटी, तिनको पहिचान, गुण, प्रभावकारिता, उपयोगिता. विभिन्न रोगको निदान, उपचार पद्धति आदि विषयमा गहन अध्ययन गरी लेखिएको यस पुस्तकमा आधुनिक चिकित्सा, आयुर्वेद तथा वैकल्पिक चिकित्साको विषयमा विस्तृत व्याख्या गरिएको छ ।
मानव शरीर र यसका अङ्गका रोगव्याधिका विषयमा आयुर्वेदी उपचारबाहेक एलोप्याथी र यूनानी चिकित्सा पद्धतिको तुलनात्मक प्रभावकारिताबारे प्रयोगात्मक विधिसहित लेखिएको यो ग्रन्थ नेपालको आयुर्वेद शास्त्रको पहिलो र एकमात्र महाग्रन्थ हो ।