शुकदेव उपाध्यायद्वारा लिखित उपन्यास 'भर्चुअल लभ' एक मनोरञ्जक तथा प्रेमको आदर्श स्वरूप दर्शाउने उपन्यास हो। यो 'भर्च्यू' अर्थात् गुणयुक्त उपन्यासमा जीवनका कतिपय यथार्थहरू • त देखाइएकैछ, सबभन्दा माथि प्रेमको उच्चतालाई प्रस्तुत गरिएकोछ । प्रेमको सर्वोच्च रूप त्याग हो, प्राप्ति होइन बरु त्याग स्वयंनै प्राप्तिको स्वरूप हो र यस्तो 'अभौतिक प्रेम' मानै हुन्छ। आजको युगमा सुन्दों यो कठीन लाग्दो होला तर लेखकले सन्देश यही दिएका छन्। प्रेम साँच्चिकै 'भर्चुअल' हुनुमा नै त्यसको सार्थकता छ। प्रेमको यही आदर्शलाई प्रस्तुत गरेकाछन् उपन्यासकारले र आफ्नो सामर्थ्यद्वारा प्रमाणित पनि गरेका छन् ।
यो उपन्यासमा स्थानीय शब्दहरू, शायरी र सूक्तिहरू आएका छन, जुन त्यसबाट परिचित पाठकहरूलाई बढी रुचिकर लाग्दछ । 'भर्चुअल लभ' (उपन्यास) को अन्त्य पनि उच्च आदर्शबाट गरिएकोछ । रोचकता भङ्ग नगरेरै उपन्यासकारले आदर्श प्रेमको गौरव दर्शाएका छन् र उपन्यासमा यसको सार्थकता पनि झल्किएको छ। यस अर्थमा लेखक आफ्नो कथा प्रस्तुत गर्नमा सफल छन् र यहींनै यस उपन्यासको ठूलो सफलता पनि हो। लेखकलाई धेरै शुभकामना....! डा. ध्रुवचन्द्र गौतम