तक्मा न खान मिल्छ, न लगाउन मिल्छ, न आवश्यक पर्दा गर्जो नै टर्छ भनेर सोच्ने मानिस पनि छन् । यस्तै सोच्ने हो भने त तक्माको कुनै अर्थ नै रहँदैन ।
वास्तवमा तक्मा त मूल्यवान वस्तु पो हो । गर्व हो अनि सबैभन्दा गहकिलो इज्जत हो भनेर सोच्ने व्यक्ति धेरै हुन्छन् । सबैले तक्माको इज्जत राख्न जान्यो भने तक्माले पनि सबैको इज्जत राख्छ ।
यो कथा हो, तक्मा जित्ने होडबाजीमा लागेका किशोर किशोरीको । होडबाजी किशोरकिशोरीको भए पनि वयस्कहरू चाहिँ चुप लागेर बसे होलान् त ।