पूर्वीय चिन्तनपरम्परा अति अध्यात्मवादी हो र यसमा लौकिक वा वैज्ञानिकतायुक्त ज्ञानपरम्परा थिएन वा छैन भन्ने मान्नेहरूलाई यो पुस्तकले गम्भीर चुनौती दिएको छ । न्यायदर्शनले प्रक्षेपण गरेको लौकिक ज्ञान आजको वैज्ञानिक अनुसन्धानपद्धतिको वीजतत्त्व नै रहेकी र त्यसलाई आन्वीक्षिकी विद्याका नामले पूर्वीय सभ्यतामा चिनाइँदै ल्याएको तथ्योद्घाटन गर्ने पहिलो पुस्तक सम्भवतः यही हो ।
- पैरवी बुक हाउस प्रा. लि.