यो जीवन नामको तत्व के हो ? मरेपछि यो सकिन्छ कि निरन्तर रहिरहन्छ ? मानिस दुःखी किन छ ? यो दुःख के हो ? यसबाट छुटकारा पाउने कुनै उपाय पनि छ कि दुःख नै जीवनको सत्य हो ?
उपन्यासकी नायिका मोनिका भन्छे, 'खानु, पिउनु, बिहा गर्नु, छोराछोरी जन्माउनु र हिँड्नु मात्रै जीवन हो भने यो झर्को लाग्दो छैन त ?
यस्ता प्रश्न ज्यादातर दर्शनको रौचिरा प्रमाण खोज्दा गर्ने गरिन्छ । सिद्धान्त र दर्शनको निरस गन्थनमन्थनमा उत्तर दिने परम्परा छ। आख्यानमा पढ़ें-पढ़ें लाग्ने गरी यस्ता प्रश्न, पात्र र भावभूमीको सिर्जना सायदै भएको छ । यस अर्थमा एक कोशेढुङ्गा हो प्रस्तुत उपन्यास निर्वाण ।
यो मूलतः प्रेम, आनन्द र सत्यको त्रिवेणी हो भने मनोविज्ञान यसको आधारभूमी । सत्य र आनन्द चाहने सबैलाई तान्ने उपन्यास हो यो । विधामा आख्यान भए पनि स्वाद यसको उत्प्रेरणादायी पुस्तकको छ । पढ्ने हरेकले आफैलाई भेट्नेछ, आफैंलाई पाउनेछ। सनसनीपूर्ण घटनाक्रम र पात्रहरूका विस्मयकारी मिलन अनि विछोडले पुस्तकलाई अत्यन्त पठनीय बनाएको छ ।
युवादेखि पाकासम्म सबका लागि उपयोगी र उपयुक्तसमेत हुनु निर्वाणको अर्को विशेषता हो। मनोविज्ञानलाई यति नजिबकबाट उधिनिएको नेपाली साहित्यको विरलै आख्यान मध्येको एक हो यो।