नेवार समुदायका परम्परागत मुकुन्डोनाच (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख) पुस्तकले नेवार समुदायको समृद्ध सांस्कृतिक सम्पदा, परम्परागत मुकुन्डो (मुखुण्डो) नाचको इतिहास, धार्मिक तथा सामाजिक महत्व, यसको विकासक्रम र विविध स्वरूपलाई विस्तृत रूपमा प्रस्तुत गर्दछ। यस पुस्तकमा विभिन्न मुकुन्डोनाचहरूको उत्पत्ति, तिनको सांस्कृतिक सन्दर्भ, प्रयोग हुने मुकुन्डो, पोशाक, बाजागाजा तथा प्रदर्शन परम्पराबारे जानकारी समेटिएको छ। नेवार कला, संस्कृति र अमूर्त सांस्कृतिक सम्पदामा रुचि राख्ने विद्यार्थी, अनुसन्धानकर्ता तथा आम पाठकका लागि यो पुस्तक एक महत्त्वपूर्ण सन्दर्भ सामग्री हो। यो कृति मदन पुरस्कार–२०८२ को उत्कृष्ट १० (श्रेष्ठ सूची) मा मनोनयन प्राप्त कृतिमध्ये एक हो।