यो पुस्तक किन पढ्ने ?
ऐतिहासिक सम्बन्ध: सिम्रौनगढ (तिरहुत-मिथिला क्षेत्र) र
नेपालमण्डलबीच ऐतिहासिक सांस्कृतिक, धार्मिक, भाषिक र राजनीतिक लगायत समकालीन सन्दर्भ एवं सम्बन्ध बुझ्न ।
सांस्कृतिक एकता र आदानप्रदान: नेपालमण्डल र सिम्रौनगढ
(तिरहुत-मिथिला क्षेत्र) को साझा सभ्यता र संस्कृतिको निरन्तरता बुझ्न ।
व्यापार र राजनैतिक सम्बन्ध नेपालमण्डल हिमालय
पारिको व्यापारिक मार्ग थियो भने सिम्रौनगढ गंगा-यमुनाको मैदानी मार्गसँग जोडिएको थियो, जसले नेपालमण्डल, तिब्बत, कर्नाटक र दिल्लीसम्म जोड्थ्यो । पुस्तकमार्फत् नेपालमण्डल-सिम्रौनगढ दिल्लीबीचको राजनीतिक समन्वय बुझ्न सकिन्छ ।
समाजशास्त्रीय दृष्टि : तिरहुते मैथिल परम्परा, संस्कार र
पद्धतिहरू नेपालमण्डलमा कसरी स्थापित भए भन्ने अध्ययन गर्न पुस्तक उपयोगी हुन्छ। यसले आज पनि जीवन्त साझा चलनहरूको जरा पहिचान गर्न मद्दत गर्नेछ।
राष्ट्रिय पहिचान र संरक्षण: सिम्रौनगढ नेपालको एउटा
ऐतिहासिक धरोहर हो। यसको इतिहास बुझ्दा नेपालमण्डल र सिम्रौनगढ मात्र होइन, समग्र नेपालको सांस्कृतिक विविधता र साझा ऐतिहासिक पहिचानलाई मजबुत बनाउनेछ ।
लेखक त्रिभुवन विश्वविद्यालय, कानून संकायमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा ग्रान्ट गरिएको विद्यावारिधि तहका पूर्णकालीन शोधार्थी हुनुहुन्छ। उहाँसँग निजामती सेवाअन्तर्गत पर्सा जिल्ला अदालत, बाँके जिल्ला अदालत, विशेष अदालत तथा सर्वोच्च अदालतमा इजलास अधिकृतका रूपमा कार्य गरेको अनुभव, न्युयोर्क मुख्यालय रहेको दि इन्टरनेसनल लिगल फाउन्डेसन (ILF) मा कानुन अधिकृतका रूपमा कार्य गरेको अनुभव, सार्वजनिक प्रतिरक्षक समाज नेपाल (PDS) मा डिफेन्स लयरको रुपमा काम गरेको अनुभव, त्रिभुवन विश्वविद्यालय नेपाल ल क्याम्पसमा लेक्चरर भई प्राध्यापन गरेको अनुभव तथा काठमाडौं स्कूल अफ ल, मधेश विश्वविद्यालय एवं ख्वप् कलेज अफ ल मा भिजिटिङ फ्याकल्टीको रुपमा समेत काम गरेको अनुभव छ। सर्वोच्च अदालत अन्तर्गत गठित विभिन्न समितिहरूमा सक्रिय सदस्यका रूपमा कार्य अनुभव बटुलिसक्नुभएका झाको वि.सं. २०७७ सालमा 'Legal Philosophy' नामक पुस्तक, वि.सं. २०८० सालमा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा 'नेपालमण्डल र तिरहुतबीचको सम्बन्ध' शीर्षक अन्तर्गत अनुसन्धान प्रतिवेदन तथा वि.सं. २०८१ मा, 'The Renaissance of Nepali Legal Philosophy' नामक पुस्तकसमेत प्रकाशित हुनुका साथै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा १५० भन्दा बढी कानूनसम्बन्धी अनुसन्धानमूलक लेखहरू प्रकाशित छन् ।
उहाँ वि.सं. २०६९ मा प्रधानन्यायाधीश श्री खिलराज रेग्मीज्यूबाट कानून व्यवसायी क्लबको तत्त्वावधानमा स्थापित लक्ष्मण अधिकारी राष्ट्रिय गौरव लेखन कानून पुरस्कार, वि.सं. २०७० मा प्रधानन्यायाधीश श्री दामोदर प्रसाद शर्माज्यूबाट लक्ष्मीमाया उप्रेती उत्कृष्ट महिला हस्ताक्षर लेखन कानून पुरस्कार, वि.सं. २०७१ मा प्रधानन्यायाधीश श्री रामकुमार प्रसाद शाहज्यूबाट उत्कृस्थ्य कानुनी इतिहास तथा प्रणाली अन्वेषणात्मक लेखन कानून पुरस्कार, वि.सं. २०७२ मा नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालद्वारा राष्ट्रिय वित्तीय लेखन पुरस्कार वि.सं. २०७३ मा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड द्वारा भ्रष्टाचार विरुद्धको लेखन पुरस्कार वि.सं. २०७३ मा प्रधानन्यायाधीश श्री सुशीला कार्कीज्यूघाट गणेश लाल र पद्मावती निर्भिक लेखन पुरस्कार, वि.सं. २०७९ मा नेपाल निजामती कर्मचारी संगठनबाट खुला न्यायिक सुशासन लेखन पुरस्कार, वि.सं. २०६१ मा काठमाडौं स्कूल अफ ल द्वारा ksi Alumni Award for professional achievement 2625 तथा वि.सं. २०८२ मा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल बार काउन्सिल वर्ष उत्कृष्ट कानूनी पुस्तक The Renaissance of Nepali Legal Philosophy लेखन पुरस्कार समेतबाट विभूषित हुनुहुन्छ ।