Hard Cover

Nepali Sangeet Durbar

| नेपाली सङ्गीत दरबार

Genres:


Only 3 item left in stock!
Sold by Booksmandala Nepal
Limited stock available
Synopsis

हिमवत्खण्डका रूपमा समेत परिचित यस पावनभूमिमा ऋषिमुनिले नादब्रह्मको उपासना गरी सङ्गीतको ध्वनिले गुन्जायमान पारेको विभिन्न प्रसङ्गहरूबाट वैदिककालदेखि नै नेपालमा सङ्गीत धर्म-संस्कृतिको अभिन्न अङ्ग रहँदै आएको ज्ञात हुन्छ । सङ्गीतको पहिलो प्रामाणिक ग्रन्थ भरतनाट्य शास्त्रमा समेत नेपाललगायत प्राचीन भारतवर्षका अङ्ग, बङ्ग, कलिङ्ग, मगध, वत्श, अवध, पौण्द्र आदि राष्ट्रमा देशी (शास्त्रीय) सङ्गीतको प्रचलन रहेको भन्ने उल्लेख छ । यी प्राचीन राष्ट्रहरूमध्ये आज नेपालमात्र स्वतन्त्र र सार्वभौम राष्ट्र रहेबाट शास्त्रीय सङ्गीतको प्रचलन रहेको सबैभन्दा पुरानो राष्ट्र नेपाल नै भएको प्रमाणित हुन्छ । यही परम्परालाई अनुसरण गर्दै लिच्छविकालीन नेपालमा कला र संस्कृतिको दरिलो जग निर्माण हुनपुग्यो । काठमाडौं उपत्यका र आसपासमा केन्द्रित मल्ल राज्य, एकीकृत नेपालका शाहवंश तथा राणाकालमा भएका सांस्कृतिक गतिविधिले नेपालको सङ्गीतको इतिहास अनुपम बनेको छ । तत्कालीन समयमा राजदरबार तथा मठमन्दिरजस्ता धार्मिकस्थलहरू राष्ट्रको प्रमुख कला-केन्द्र रहेकाले सङ्गीतको संरक्षण र विकासमा राजा र शासकहरूको महत्त्वपूर्ण भूमिका रहेको देखिन्छ ।

सामवेदबाट शुरू भएको सङ्गीतको ध्वनिलाई विभिन्न कालखण्डका शास्त्रीय र लोकजीवनका भाका, वाद्य, नृत्य तथा सामाजिक-सांस्कृतिक परम्पराको खोज-अनुसन्धान र अन्वेषण गरी प्रामाणिक तथ्यहरूको आधारमा नेपाली सङ्गीतको सङ्क्षिप्त इतिहास लेख्ने प्रयास गरेका छन्- प्रा.डा. ध्रुवेशचन्द्र रेग्मीले । नेपाली सङ्गीतको हालसम्मको विशद अनुसन्धान तथा तथ्यमा आधारित पहिलो पुस्तक हो- नेपाली सङ्गीत दरबार : आदिकालदेखि आधुनिककालसम्म ।

Other info
Page Count
266 Pages
Weight
400g
ISBN
9789937753401
Language
Nepali
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book