हर्षमान महर्जन मिडिया अध्येता हुन् । उनले पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर र जापानको क्योटो विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् । उनको लेखन, सम्पादनमा पत्रकारिता, आमसञ्चार, र डिजिटल प्रविधिबारे आधा दर्जन पुस्तक प्रकाशित छन् । मिडिया र सञ्चार, सूचना प्रविधि, डिजिटल पूर्वाधार र अर्थ-राजनीतिबारे उनलाई गहिरो ज्ञान छ । हाल उनी कतारको नर्थवेस्टर्न विश्वविद्यालयस्थित इन्स्टिच्युट फर एडभान्स्ड स्टडी इन द ग्लोबल साउथमा ग्लोबल पोष्टडक्टोरल स्कलरका रूपमा कार्यरत भई स्मार्ट प्रविधि, बायोमेट्रिक गभर्नेन्स, डिजिटल राज्य र डिजिटल सङ्क्रमणबारे अनुसन्धान र अध्यापन गर्दैछन् ।
सामान्यतः राज्यले जनतालाई शासित बनाउँछ, मिडियाले भने जनतालाई अनुशासित गर्छ । राज्य र मिडियामाथि एउटै वर्गको प्रभुत्व कायम हुँदा सर्वत्र वर्चस्व (हेजिमोनी) कायम हुन्छ । त्यसमाथि सोसल मिडियाको सुनामी आउँदा, साइबर सेनाको परिचालन हुँदा हामी कति अमानवीय, असामाजिक र अराजनीतिक हुने हो, जब्बर प्रश्न छ ।
राज्यको शासन, मिडियाको अनुशासन, सोसल मिडियाको (दुस्) प्रभावबीच आलोचनात्मक विवेक कसरी जगाइराख्ने, चिन्ता र चिन्तनको विषय हो । यसका लागि एउटा जरुरतको काम हो- मिडियाबारे राज्यका नीति र व्यवहारबारे गहन अध्ययन; राज्यको अङ्गका रूपमा निर्माण गरिएका सञ्चार संस्थाहरू र तिनका योजनाबारे अनुसन्धान । थप आवश्यक काम हो- राज्यले बनाएका मिडिया नीतिनियम र मिडिया उद्योगको अर्थ-राजनीतिक विश्लेषण ।
यस पुस्तकले राज्यद्वारा आफ्नो प्रभुत्व र वर्चस्वका लागि सञ्चार क्षेत्रमा गरिएका व्यवस्थापनको शल्यक्रिया गर्छ । सरकारी सञ्चार माध्यमको सुधारको मुद्दा र अन्तर्राष्ट्रिय दातासँग सहकार्यको प्रभावको मिहिन विश्लेषण गर्छ । राजतन्त्रदेखि सम्ममा राज्यले बनाएका अनेक सञ्चार संस्थानका नीति, कानुन र गणतन्त्रसम्ममा व्यवहारको चिरफार गर्