कविको आफ्नै व्यथा, प्रकृतिप्रति माया र समाजमा बाँच्नुको व्याकुलताबाट नै कविता जन्मन्छ। सन्जोक राणाको यस पहिलो काव्यसङ्ग्रह मौन तरङमा पाठकले भेट्ने कवयित्रीलाई जीवनका हरेक क्षणसँग गहिरो प्रेम छ। हामीले यी कविता पढ्दा हाम्रो सामुन्ने उभिन आइपुग्ने सन्जोकले प्रकृतिलाई न्यानो घुम्टोसरी ओढेकी छिन् । उनको प्रत्येक शब्द र हरफमा बतास र पंक्षी, फूल र बादल, बालापन र संसारिक अनुभवप्रति गाढा लगाव छ। यी कविताले समेटेका संवेदना र सौन्दर्यले पक्कै हाम्रो जीवनमा सुवास छर्नेछन् ।