"बजार सधै बोलिरहेको हुन्छ प्रश्न जति हो, के हामी त्यसलाई सुग्न सक्छौ ?"
MASTER THE TECHNICAL ANALYSIS - प्राविधिक विश्लेषणमा महारत
पुस्तकको संक्षिप्त परिचय
पुँजी बजारलाई मूल्य, कारोबार परिमाण (Volume), प्रवृति (Trend), बजार संरचना, लगानीकर्ताको मनोविज्ञान, जोखिम व्यवस्थापन र रणनीतिक निर्णय प्रक्रियासँग जोडेर बुझाउने यो एक व्यवस्थित, व्यावसायिक र गहिरो अध्ययन सामग्री हो।
यस पुस्तकले प्राविधिक विश्लेषणलाई केवल चार्ट, इन्डिकेटर वा प्याटर्नको सतही अध्ययनमा मात्र सीमित राख्दैन। यसले माग र आपूर्ति, डर र लोभ, बजार सहभागीहरूको मनोविज्ञान, मोमेन्टम, सेन्टिमेन्ट, बजार चक्र, मोलाटिलिटी र ट्रेड व्यवस्थापनको सम्पूर्ण विश्लेषणात्मक प्रणालीलाई मिहीन इंगले व्याख्या गर्दछ।
यस पुस्तकमा समेटिएका प्रमुख विषयवस्तुहरुः
सण्ड १: प्राविधिक विश्लेषणको आधार र बजार संयन्त्र
खण्ड २ः चार्टिङ, प्रवृत्ति र बजार संरचना
सण्ड ३: क्लासिकल चार्ट प्याटर्न
सण्ड ४: क्यान्डलस्टिक र प्राइस एक्सन विश्लेषण
खण्ड ५: प्राविधिक इन्डिकेटर र मोमेन्टन एनालिटिक्स
सण्ड ६ः भोल्युम सेन्टिमेन्ट र व्यावहारिक वितशास्त्र (Behavioral Finance) सण्ड ७: बजार चक्र, भोलाटिलिटी र क्वान्टिटेटिभ फ्रेमवर्क
खण्ड ८ः ट्रेड व्यवस्थापन र रणनीति निर्माण
यो पुस्तक कसका लागि ?
यो पुस्तक ट्रेडर लगानीकर्ता, वित्तशास्त्रका विद्यार्थी, प्राविधिक तथा बजार विश्लेषक, पोर्टफोलियो र कोष व्यवस्थापक लगायत पूँजी बजारलाई गहिरो, वस्तुनिष्ठ र व्यावसायिक दृष्टिकोणबाट बुझ्न चाहने जोकोहीका लागि एक उत्कृष्ट र अनिवार्य मार्गदर्शक हुनेछ।
"अन्दाजको भरमा होइन, संरचना र तथ्यमा आधारित ट्रेडिङ यात्राको सुरुवात ।"
लेखक परिचयः अशोक कुमार शाह
अशोक कुमार शाह सन् २००८ देसि पुँजी बजारमा सक्रिय हुनुहुन्छ र ट्रेडर, विश्लेषक तथा प्रशिक्षकका रूपमा लामो अनुभव हासिल गर्नुभएको छ। चार्टर्ड मार्केट टेक्निसियन (CMT) को Level । पूरा गरी Level II अध्ययनरत शाह नेपाली पुँजी बजारमा प्राविधिक विश्लेषण र लगानी शिक्षामा निरन्तर योगदान दिँदै आउनुभएको छ।