सुदूरपश्चिम प्रदेशको महाकाली, सेती र कर्णाली प्रदेशको समग्र सास्कृतिक लोकभूमिलाई काली-कर्णाली क्षेत्र भन्ने गरिन्छ । यो क्षेत्र लोकसाहित्य तथा संस्कृतिमा अति उर्वर भूमिका रूपमा परिचित छ । यहाँको लोकसाहित्य तथा संस्कृतिको भण्डार कहिल्यै नरित्तिने महासागरजस्तै विराट र अनुपम छ ।