सशस्त्र द्वन्द्वका बोला मुलुकको कुनाकाप्चा पुगेर सूचना संकलन गरेका पत्रकार हुन् दामोदर न्यौपाने । 'एम्बुसमा ६ वर्ष मा त्यही युद्धकाल र त्यसको समाप्तिपछिको समाजको चित्र उतारिएको छ । राज्य र विद्रोही पक्षले दिएको तनावका बाबजुत कार्यक्षेत्रमा डटेर रिपोर्टिङ गरेकाले उनलाई अन्तर्राष्ट्रिय प्रेस इन्स्टिच्युट र फ्रिडम फोरमबाट 'साहसी संवादलाता सम्मान', पत्रकार महासंघबाट 'श्रीधर आचार्य राष्ट्रिय पत्रकारिता पुरस्कार'लगायत दर्जनौंसम्मान पाएका छन् 1 समाजशास्त्रमा स्नातकोत्तर न्यौपाने डेढ दशकदेखि कान्तिपुर दैनिकमा आबद्ध छन् । सिन्धुपाल्चोक ठोकर्पाका न्यौपानेका कर्मः सिकाइमा गहिरिएको खाडल, ट्यालेन्ट शो, स्वर्णिम समय, स्कुल बेच्ने बालकलगायत पुस्तक बजारमा छन् ।