युगयुगका लागि १ नम्बरको व्यक्तिगत आर्थिक पुस्तक... र समयको कसीमा उभिएको एक उत्कृष्ट पुस्तक ।
प्रविधि, रोबोटिक्स र विश्वव्यापी अर्थतन्त्रका कारण नियमहरूमा निरन्त परिवर्तन भोग्दै गरेको यस दुनियाँमा धनी बन्नका लागि उच्च आम्दानी चाहिन्छ भन्ने झुटो धारणालाई विस्फोट गरिदिन्छ।
भविष्यको लागि उच्च तलब भत्ताभन्दा सम्पत्ति निर्माण वा आर्जन गर्नु बढी महत्त्वपूर्ण हुन्छ भन्ने कुरा सिकाउँछ र लगानीकर्ता तथा व्यवसायीहरूले पाउने कर लाभहरूका बारेमा पनि प्रष्ट पार्छ।
घर भनेको सम्पत्ति हो भन्ने मान्यतालाई चुनौती दिन्छ। लाखौँ मानिसले घर-जग्गा बजारको फोका फुटेको र यससम्बन्धी कारोबारको किस्ताबन्दी कार्यालयको आक्रोस देखेभोगेका छन् ।
पैसा उपयोगको सिप आजको समयमा अत्यन्त आवश्यक जीवन उपयोगी रिप हो र सन्तानलाई यस्तो महत्त्वपूर्ण सिप सिकाउन विद्यालय प्रणालीमा किन भर पर्न सकिँदैन भनेर बुझाउँछ।
सन्तानलाई पैसाको बारेमा के पढाउने भनेर सिकाउँछ जसबाट उनीहरू आजको विश्वका चुनौती र अवसरहरूका लागि तयार हुन्छन् र आफूले पाउनुपर्ने समृद्ध जीवनको आनन्द लिन सक्छन् ।
"आफ्नो आर्थिक भविष्यलाई आफ्नै नियन्त्रणमा राख्न चाहने जो कोहीका लागि धनी बुबा गरिब बुबा एउटा सुरुवाती कदम हुनसक्छ।" यु.एस.ए. टुडे