विगत केही वर्ष यता पशुपालन व्यवसायतर्फ लोभलाग्दो लहर बढेको छ । ज्ञान सिप आर्जन गरी विदेशबाट फर्केका युवाहरू व्यावसायिक पशुपालनतर्फ आकर्षित भइरहेका छन् । पशुपालनको क्षेत्रमा सरकारले पनि विभिन्न परियोजनाहरू मार्फत युवाहरूलाई आकर्षित गर्नुका साथै अनुदानसमेत दिँदै आएको छ ।
यो पुस्तक नेपालका व्यावसायिक तथा व्यवसाय उन्मुख उद्यमीहरूलाई लक्षित गरेर तयार गरिएको छ । पुस्तकमा पछिल्लो समयमा पशुपंक्षीपालनको क्षेत्रमा विकशित भएका पद्दति, व्यवसायलाई नाफामूलक बनाउने तरिकाहरू, पशुपालनसँग सम्बन्धित आधार भूत कुरा, पशुबीमा कार्यविधि, प्रस्ताव लेख्ने तरिका, पञ्चवर्षीय परियोजना, लागत तथा आम्दानी, बैङ्क इष्टिमेट आदि समेटिएकोले पुस्तक बहुउपयोगी छ । लोकसेवा आयोगका विद्यार्थीहरूको लागि त झन् यसले हातेपुस्तकको काम गर्ने छ ।
यस संस्करणमा रहेका कमी कमजोरीहरू सच्याउँदै यसलाई आगामी संस्करणहरूमा अझै परिष्कृत बनाउने छौं । पाठकहरूको आलोचना र अमूल्य सुझाव अपरिहार्य छ ।