"आफ्नै किसिमको एउटा क्लासिक शिखर आरोहणको जीवन्त, शक्तिशाली तर कहिल्यै नाटकीय नलाग्ने यो वृत्तान्त अहिले पढ्दा पनि उत्तिकै सानदार लाग्छ ।"
-आइरिस टाइम्स
सन् १९५० सम्ममा ८००० मिटरभन्दा उचाइका कुनै पनि हिमाल कसैले आरोहण गर्न सकेको थिएन । मोरिस हेर्जोग र फ्रेन्च अल्पाइन क्लबका अन्य सदस्यले असम्भवप्रायः लाग्ने ८००० मिटरभन्दा अग्लो अन्नपूर्णको आरोहण गर्ने सङ्कल्प गर्छन् । र अपूर्व चुनौतीहरूबीच अतिरिक्त अक्सिजनबिना उनीहरू अन्नपूर्णको सफल आरोहण गर्न सफल हुन्छन् ।
त्यही आरोहण र त्यसपछिको डरलाग्दो अवरोहणको रोमहर्षक कथा हो- अन्नपूर्ण: ८००० मिटरभन्दा अग्लो हिमालको पहिलो सफल आरोहणको कथा ।
साठीभन्दा धेरै भाषामा अनूदित र एक करोडभन्दा बढी प्रति बिक्री भएको यो पुस्तक साहसिक साहित्यका महानतम कृतिमध्ये एक मानिन्छ, जसले पुस्तौंदेखि आरोही र पाठकलाई समान रूपले प्रेरणा दिइरहेको छ ।