'आज रमिता छ' नेपाली साहित्यमा सर्वाधिक पढिने कृति मध्ये एक हो।
ईन्द्र बहादुर राईले यस उपन्यासमा मूलतः भारतको दार्जिलिङ वरपरको भूगोल र त्यहाँको नेपाली भाषी समाजको जीवन, संस्कृति र मनोदशालाई उतारेका छन् । मेची पूर्वको त्यस पहाडी इलाका, सन् १८१६ को सुगौली सन्धि अनुरूप ईष्ट इण्डिया कम्पनीलाई नेपालले फिर्ता गरेको थियो, जसप्रति उनीहरूको असन्तुष्टिलाई समेत लाक्षणिक रूपमा पस्किइएको छ।
मुख्य पात्र जनकको जीवनका उत्साह, सफलता र पतनको कथाभित्र उसको परिवार, बाबुनीको दुःख, यमुनाको दर्स अनि भूदेवसँगको राजनीतिक अन्तरद्वन्द्वका साथै एम. के. को आत्महत्या र नामग्यालको निरीहताहरू उपन्यासमा चित्रित छन्।
पूर्वमा बोलिने भाषा, लवज र शब्दप्रयोगले उपन्यासलाई अझ मिठासपूर्ण बनाएको छ ।