
हँसिला नेपाली केटाकेटी र गाउँले महिलाका थुप्रै फोटा चाङले छोमोलाई पठाएका रहेछन् । वरिपरिको प्राकृतिक सौन्दर्य झल्कने फोटा पनि समावेश थिए त्यहाँ । ती फोटासँगै लेखेका थिए, 'यहाँबाट पूर्वतिर नजिकै एउटा पवित्र स्थल छ । त्यसलाई सिसाङपाङमा भनिन्छ । त्यहाँ रहेको ताल गोसाइँकुण्डमा गुरु रिम्पोछेले ध्यान गरेका थिए रे। म कति भाग्यमानी है, गुरु रिम्पोछेले टेकेका पाइलापाइला पछ्याउन पाएको छु ।
भोटेकोसीको सुसाइ कथाबाट
'कतै साँपवाँपले पो काट्यो कि कसैलाई, उसले सोच्यो । जाऊँ कि नजाऊँको दोधारबीच ऊ पनि बम्बैयाको घरतिर दौडियो । आँगनमा मान्छेहरूको भीड थियो । बम्बैयाकी आमा डाँको छाडेर रोइरहेकी थिई । उसकी घरवाली अचेत अवस्थामा ओसरामा जाँतोको चक्कीनजिकै ढलेकी थिई ।
'सपनाको अर्को रङ कथाबाट
आइराले लामो सास फेर्दै भनिन्, 'तपाईंले कायालाई मेरो पसलमा धेरै थरीमा स्मृति छ भनेर भन्नुभएको रहेछ । तपाईलाई त थाहै छ, डेनिसजी, अचेल बालबालिकालाई न्युरो-चिप्सबाट मस्तिष्कमा कथा, कविता वा कुनै पनि कुरा डाउनलोड गरेर सुन्ने बानी परेको छ ।
'अस्तित्वको एल्गोरिदम' कथाबाट
