about-booksmandala

तपाईको मनपर्ने पुस्तक पसल

बुक्स मण्डलामा हामी तपाईको पुस्तक प्रतिको सबै रूचीहरू संलग्न गर्नेछौ । हाम्रो उद्देश्य भनेकै तपाईहरूमाझ पुस्तक को महत्व आदानप्रदान गर्नु हो । हामी पुस्तकहरूलाई एकपुस्ता देखि अर्को पुस्ता सम्म जोड्ने छौँ । पुस्तक खोज्न र सहजै किन्न सक्ने वातावरण बनाउनुको साथै ज्ञानवर्धक र मनोरंजनात्मक बनाउने लक्ष लिएर तपाईहरूको सेबामा तल्लीन छौँ ।

नेपालकै एकमात्र बृहत आनलाईन पुस्तक भण्डार

नेपाल बुक्स मण्डलाको बृहत संग्रह बाट हामी तपाईहरू माझ ३५ हजार बढि पुस्तकहरू तुरून्तै ढुवानी गर्न सक्षम छौ । देश, बिदेश अनि तपाईहरूकै दैलोमा ।

"बुक्स मण्डला" पुस्तक भण्डार भन्दा पनि आफैमा एक बृहत पुस्तक हो जहाँ पुस्तक पारखी हरूका एक एक कथा र जीवन समेटिएका छन । उहि पुस्तक भित्रका एक एक पुस्तक हरू पारखीहरू समक्ष पुर्याउन #booksinstagramming गर्ने शीलशीलामा "बुक्स मण्डला" सुरू गर्यौ । सोहि अनुरूप एक एक जना पाठकहरू हामी सँग जोड्दै जान थाल्यौ । सोहि एक बाट सय गर्दै नेपालको सबैभन्दा ठूलो पाठक समुदाय बनाउने हेतुले हरेक दिन नयाँ पुस्तक हरू समुदायमा पुर्याउदै छौ, पाठककै रोजाईका पुस्तक हरू पाठककै दैलोमा । हामी पाठकमा मात्र सिमित नभई हरेक पन्नामा आफ्नो जीवन लेखिरहेका नयाँ-पुराना लेखकहरूलाई पनि सहयोग गरीरहेका छौँ । किनकी हामीलाई विश्वास छ पुस्तक ले यो समाजमा सन्तुलन ल्याउन मद्धत गर्छ भनेर । हामी पाठकहरूको मनपर्ने गन्तव्य बन्न पाठकहरूको लागी हजारौँ विधामा लाखौँ पुस्तक हरू पाठकले सहजै खोज्न र पढन सक्नेगरी व्यवस्थित गरेका छौँ । चाहे त्यो भौतिक रूपमा पुस्तक भण्डार सम्म आउने पाठकको लागी होस यात यथास्थिति मै ईन्टरनेट बाट पुस्तक पल्टाउने पाठकहरूको लागी होस ।

हाम्रो खोज प्रणालीले ग्राहकहरूलाई सहजै पुस्तक खोज्न सघाउछ । लेखकको नाम, पुस्तकको नाम या त मिल्दोजुल्दो र परीभाषीत गर्ने नामको आधारमा खोजेका पुस्तक हरू एकैछिनमा भेट्टिने गरी वेबसाइट मा व्यवस्था गरेका छौँ । साथसाथै ग्राहकहरूकै सहजतालाई ध्यानमा राख्दै पुस्तकको बारेमा संक्षिप्त जानकारी, नयाँ पुस्तक, भण्डारण हुने समय र यावत सोहि सँग सम्बन्धीत कुराहरू पनि उल्लेख गर्दछौँ । ताकी ग्राहकहरूलाई आरामले सो-इच्छित पुस्तकहरू ग्राहकको यथास्थान सम्मै वितरण गर्न सकियोस । अहिले हामी नेपालका मुख्य सहरहरू र विदेशमा पनि सेबा दिईरहेका छौँ ।

हाम्रो सेबाहरू

अनलाई पुस्तक खरीद गर्नुहोस ।
आफ्नो रोजाईका पुस्तकहरू सहजै खोज्नुहोस, हामी हाम्रो सुरक्षित ढुवानी सेबा मार्फत नेपाल भरी र नेपाल बाहिर सुबिधा दिईरहेका छौँ ।
नयाँ पुस्तक र पुस्तक जस्तै मान्छेहरू खोज्नुहोस ।
हामीसँग सामाजिक सञ्जालमा पनि जोडिनु सक्नुहुनेछ । त्यहाँ हामी पुस्तकपारखी हरूको समुदाय बनाईरहेका छौँ । हामी सँग "डिसकर्ड" मा जोडिनुहोस जहाँ पुस्तक पारखीहरू भेला भएर पुस्तक हरूको बारेमा गफगाफ गर्नुहुन्छ साथै पुस्तक सँग जोडिएका आफ्ना भावना र बिचारहरू पनि राख्नुहुन्छ । र एक अर्काका मन पर्ने पुस्तक बारे पनि छलफल गर्नुहुन्छ ।
पुस्तक अनुरोध
हामी सँग नभएका तर तपाईहरूले पढन चाहेका पुस्तकहरू को लागी हामीले एउटा "बुक रिक्वेस्ट फारम" भराएर अनुरोध गरीएको पुस्तक तपाईहरू समक्ष पुर्याउने कोशिश गर्दछौ ।
प्रेरणादायक सामग्री
हामी सह-रचनामा विश्वास राख्दछौँ । ग्राहकहरूलाई ध्यानमा राख्दै हाम्रो वेबसाइट र अन्य सामाजिक सञ्जाल मार्फत प्रचार-प्रसार मात्र नगरेर त्यहाँ मनछुने लेखहरू, प्रेरणादायक उद्धरणहरू
सम्झौता र उपहारहरू
हो यो सम्भव छ, तपाईहरू उपहार अनि निशुल्क पुस्तक हरू जीत्न सक्नुहुन्छ । हामी सँगै रहनुहोस । हामीले बेला बेलामा आयोजना गर्ने प्रतियोगिता हरूमा भाग लिनुहोस ।
तपाईको पुस्तक प्रचार गर्नुहोस ।
यदि तपाईहरू लेखक हुनुहुन्छ भने प्रचार-प्रसार र बाजारीकरण सफलता को शुत्र बन्न सक्छ । तपाईको मेहेनत र रचनालाई पुस्तक पारखी हरू र ग्राहकहरू माझ पुर्याउन हामी मद्धत गर्नेछौँ ।